वीरगन्ज,पत्रकार महेश दासलाई स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रेस सल्लाहकार समेत रहनुभएका पत्रकार दासलाई उक्त पुरस्कार दिने निर्णय नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले गरेको हो ।महासंघका सभापति अनुप तिवारीको सभापतित्वमा सम्पन्न बैठकले लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको महासंघका सचिव भुषण यादवले जानकारी दिनुभयो ।प्रत्येक वर्षको माघ १ गते माघे संक्रान्तिका अवसरमै वितरण गरिने पुरस्कार यसपटक एभिन्युज टेलिभिजन मधेश प्रदेशका ब्युरो प्रमुख समेत रहेका दासले प्राप्त गर्नुहुने भएको छ । वीरगन्जका पूर्व मेयर एवम् पत्रकार स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापित सो पुरस्कारबाट यसअघि गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् ।पत्रकार दास यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रवल जनसेवा चतुर्थ पदकबाटसमेत विभुषित भइसक्नुभएको छ । बैठकमा महासंघका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष सन्जीव मिश्रा लगायत पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

Leave a Reply