कलैया,मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार सो दुर्घटनामा परी बाराका दुईजनाको ज्यान गएको छ । बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमानको निधन भएको छ । यसरी नै मकवानपुर गढी ३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज(३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।यस्तै नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपानेको पनि सनाखत भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका २६ जनामध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको भरतपुरमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

Leave a Reply