२०७४ साल मंसिर १० र २१ गते मुलुकभर भएको आम चुनावमा तत्कालिन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए । जसको फलस्वरुप त्यत्तिबेला लगभग दुई तिहाइ मत यी दुई दलले ल्याएका थिए र मतका आधारमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए र त्यसको केही महिनापछि माओवादी र एमालेको पार्टी एक भयो र नेकपा बन्यो । समय बित्दै जाँदा २०७७ को पुस ६ गते केपी ओलीले संसद बिघटन गरे पनि प्रचण्ड र ओलीका बीचमा चलिरहेको स्वार्थको लडाईं उत्कर्षमा पुग्यो र जनतालाई मुर्ख बनाउदै प्रतिगामीको नारा दिएर सडक तताउने काम भयो ।माओवादीले मात्रै होइन एमालेमै रहेका माधव नेपाल सहितका २३ जना सांसदहरुले खुला बिरोध गर्दै पार्टी छाडे र त्यही सालको फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी पार्टी फेरि ब्युताएपछि २०७८ भदौमा एक अध्यादेश ल्याएर माधव नेपालहरुलाई सहज बनाइयो र २०७८ मै असार २९ गते प्रचण्ड सहित माधव नेपाल र उपेन्द्र यादवहरुको सहयोगमा कांग्रेसका सभापित शेरबहादुर देउवा प्रधानमन्त्री भए । त्यसपछि कम्युनिष्टहरुमा विभाजन आयो र करिब ८० वर्ष उमेरका देउवा पाँचौं पटक देशको कार्यकारी भूमिकामा पुगे ।गत मंसिर ४ गते भएको चुनावमा त कांगेस र माओवादी सहित माधव नेपालहरु एक भएर चुनाव लडे तर परिणाम एमालेकै पक्षमा बढी आयो । ऊ बेलामा देउवालाई प्रधानमन्त्री बनाएका प्रचण्ड देउवाको ललिपममा रमाए तर अन्तिम समयमा आएर देउवाले धोका दिए अनि फेरि ओली र प्रचण्ड आइतबार एक भए ।अब सवाल ओली र प्रचण्डको मिलाप मात्रै होइन बिगत नदोहोर्याउने हुनुपर्छ नत्र अब आम जनताले कम्युनिष्टहरुलाई कहिल्यै माफी दिने छैनन् ।
















