मुलुकमा अहिले लगभग दुई तिहाइको सरकार छ । यो सरकारको नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीले गरिरहेको छ । नेपाल कम्यूनिष्ट पार्टी भनेको तत्कालिन नेकपा माओवादी र नेकपा एमाले मिलेर बनेको पार्टी हो । यी दुई पार्टीबीचको एकता भएपछि मुलुकका केही स्थानमा शनिबार उपचुनाव भए । केही ठाउंमा सरकारको नेतृत्व गरिररहेको पार्टीले पराजय ब्यवहोर्न परेको छ । लोकतन्त्रमा जीत र हार स्वभाविक हो यद्यपी पुरानो साख सिद्धिने गरी परिणाम आउनु भनेको नेकपाका लागि एउटा पाठ हो ।

 

 

उपचुनावमा चितवनबाट नेकपा नराम्रोसंग हार भएको छ । नेकपाका अध्यक्षको निर्वाचन क्षेत्र समेत रहेको चितवनबाट उपचुनावमा पराजित हुनु भनेको एक पटक गम्भीर समीक्षा गर्ने पाठ पनि हो यो पार्टीलाई । नेपाली कांग्रेसले केही स्थानमा राम्रो नतिजा ल्याएको छ । चुनावमा यो प्रारम्भिक मत परिणामले कतै नेकपा सरकारबाट नागरिकहरु संतुष्ट तै छैनन् भन्ने सन्देश पनि हो ।

 

 

नेपाकाका शीर्ष नेताहरुले समीक्षा गर्न जरुरी छ । एक पटक ठूलो भएको पार्टी संधै ठूलो हुन्न तर ठूलो साख जोगाइ राख्नका लागि नेताहरुले गतिशिलता बढाउन आवश्यक छ । उपचुनावले दिएको सन्देशको पनि ख्याल गर्न जरुरी छ । उपचुनावले मुलतः राजनीतिक नेतृत्वलाई केही सन्देश दिएको छ ।यस बिषयमा बेलैमा सोचौं।

Leave a Reply