सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर १० को देवापुरटेटामा जीवन जिउने कला सम्बन्धि पाँच दिवसीय शनिवार कार्यक्रम सम्पन्न भएको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर १० कार्यालयले आयोजना गरेको आनन्द अनुभूति शिवीरमा नगरपालिकाका विभिन्न वडाबाट आएका दर्जनौं महिला तथा पुरुषहरुले योग अभ्यास तथा ध्यानसंगै जीवन जिउने कालसम्बन्धि ज्ञान हासिल गरेका थिए ।संस्थाका संस्थापक भारतीय गुरु रबिशंकर महराज भारतको बैङ्लोरमा अन्तर्राष्ट्रिय स्तरको आश्रम रहेको छ । समाजमा विद्यमान विकृति र विसंगतिलाइ न्यूनीकरण गर्न र योगमार्फत शारीरिक समस्या समाधान गर्न लागि नेपालका विभिन्न स्थानमा कार्यक्रम संचालन हुदै आएका योग प्रशिक्षक चन्देश्वर भइयाले बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष राजकुमार यादव तथा स्थानीय शिक्षक स्वास्थकर्मी, महिला स्वमसेविका, समाजेवी र स्थानीय बासिन्दाकोे उल्लेखनीय सहभागीता रहेको थियो ।संस्थाले हाल बिश्वका १८० देशका ग्रामीण तथा शहरी क्षेत्रमा योग र ध्यानमार्फत सर्वसाधारणलाई जीवन जिउने काला सम्बन्धि ज्ञार सीप प्रदान गर्दै आएको छ ।



















