कलैया,बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ४ सुखी टोलमा पासवान (दुसाद) समाजको वृहत भेला सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै पासवान समाज रौतहटका सल्लाहकार मटुक पासवानले राज्यले पासवान समुदायलाई हर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । सरकारले पासवानहरुलाई उपेक्षा गरेकोभन्दै राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यतm गर्नुभएको थियो । अहिले पनि पासवान समुदायका व्यतिmहरुमथि विभिन्न लान्छना लगाएर विभेद गरिरहेको उहाँले बताउनुभयो ।विभन्नि सार्वजनिक मठ मन्दिरहरुमा अहिले पनि पासवान समुदायका सर्वसाधारणलाई प्रवेश गर्नमा रोक लगाएर जातीय विभेद गरिने गरिएको उहाँको भनाई थियो ।राज्यले जातीय छुवाछुतलाई डण्डनीय अपराधको रुपमा संविधानमा नै व्यवस्था गरेको भए पनि त्यसलाई स्थानीय सरकारले व्यवहारमा लागु नगर्दा जातीय विभेदका घटनाले अझै जरो गाडीरहेको प्रमुख अतिथि पासवानले बताउनुभयो ।समाजको बारा निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष गजेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न सो भेलामा रौतहट जिल्ला अध्यक्ष बिगु पासवान, पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, पर्साका रविभुषन पासवान, वीरगञ्ज महानगरपालिकाका अधिकृत शम्भु पासवान, पत्रकार सिकेन्द्र पासवान, पासवान समुदायका अगुवाहरु रामशरण पासवान, रुपनारायण पासवान, मोहन पासवान, उपेन्द्र पासवान, सुखी टोल निवासी पूर्वगाविस उपाध्यक्ष बिरेन्द्र चौधरी, एमालेमा नेता भागरिथ चौधरी, लोसपाका नेता रामाकान्त चौधरी लगायतकाले आफनो बिचार व्यक्त गर्दै अधिकार प्राप्तिको लागि एक जुट भई आफना छोराछोरीहरुलाई शिक्षादिक्षा प्रदान गराउने कुरामा जोड दिएका थिए ।भेलाले बारागढी गाउँपालिका स्तरीय पासवान (दुसाद) समाज गठन समेत गरेको छ । समितिको अध्यक्षमा जगदिश पासवान, उपाध्यक्षमा दुलार पासवान, सचिवमा बिरोधी पासवान, सहसचिवमा तुलसी पासवान, कोषाध्यक्षमा ललिता पासवान सर्वसम्मतले चुनिएका छन ।त्यसैगरी समाजको सदस्यहरुमा रामएकवाल, बिजय, रामचन्द्र, मनोज, चन्देश्वर, बिसुन, बृजकिशोर, श्राद्धा र सोभन पासवान निर्वाचित भएका छन ।

















