निजगढ,राप्रपा निजगढले पृथ्वीजयन्तीको अवसरमा आज निजगढमा सभा आयोजना गरेको छ ।सो पार्टीका केन्द्रीय सदस्य विनोद भारतीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य सावित्री भारती, शेषा सापकोटा, बासुदेव तिमल्सिना, गौरीशंकर मावि निजगढ ८ का पूर्व प्रधानाध्यापक रामकुमार शर्मा दहाललगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान बारेमा बोलेका थिए ।

निजगढ ७ स्थित शहिद चोकमा नगर अध्यक्ष केशव राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर सचिव राजेन्द्र सापकोटाले स्वागत मन्तव्य र सुजन तिमल्सिनाले सहजीकरण गरेको राप्रपा निजगढका पूर्व अध्यक्ष खडगप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिन्छ ।यसैबीच पृथ्वीजयन्तीकै अवसरमा जेनजी युवाहरुले आज नै निजगढमा मोटरसाइकल ¥याली गरेका छन । युवाहरुले राष्ट्रिय झण्डासहित निजगढस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल ¥याली निकालेका हुन ।

Leave a Reply