निजगढ,नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसाय ३५ दिनभित्र कार्यालयमा दर्ता गर्न निजगढ नगरपालिकाले सरोकारवालाहरुसंग आग्रह गरेको छ ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजेन्द्रबहादुर अर्यालले बुधवार एउटा सूचना जारी गरेर व्यवसाय दर्ता तथा नवीकरण निर्देशिका, २०७६ को दफा ३ बमोजिम निजगढ नगरपालिका कार्यालयमा दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायहरु दर्ता र नवीकरणको लागि व्यवसायीहरुसंग आग्रह गर्नुभएको हो ।

सूचनामा कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ (पैतिस) दिनभित्र तोकिएको विवरण तथा कागजात संलग्न गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।
साथै, सूचनामा नगरपालिका क्षेत्रभित्र व्यवसाय फर्म दर्ता गरी नवीकरण गर्न बाँकी रहेका व्यवसाय÷फर्मको हकमा पनि नियमित रुपमा नवीकरण गर्नसमेत भनिएको छ ।तोकिएको म्यादभित्र दर्ता र नकीकरण नगरी सञ्चालन गरेको पाइए व्यवसायमाथि काराबाही गरिने चेतावनी पनि सूचनामा दिइएको छ । ‘दर्ता र नवीकरण बिना सञ्चाल गरेको पाइए जरिवाना वा बन्दसमेत हुनेछन, सूचनमा भनिएको छ, नगरपालिकाको व्यवसाय दर्ता तथा नवीकरण निर्देशिका, २०७६ को दफा १६ (२) र (३) बमोजिम सम्बन्धित व्यवसायीमाथि कारबाही हुनेछ ।’
कार्यालयले व्यवसाय दर्ताको लागि व्यवसायीले निवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र गैरनेपाली नागरिकको हकमा भने सम्बन्धित देशको नागरिकता वा नागरिक जनिने प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन पेस गर्न भनेको छ ।
त्यसैगरी निवेदनको साथमा सम्बन्धित वडा कार्यालयको सिफारिस वा सरजमिन मुचुल्का, घर÷जग्गा भाडा सम्झौताको प्रतिलिपि (घर÷जग्गा धनी स्वयम भएमा आवश्यक नपर्ने) र सञ्चालकको दुईप्रति पासपोर्ट साईजको फोटो जस्ता कागजात पनि पेस गर्नुपर्ने जनाइएको छ ।



















