निजगढ,निजगगढ तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाको शनिबार सम्पन्न १४ औं बार्षिक साधारण सभाले विष्णुदेबी नेपालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ संचालक समिति गठन गरेको छ ।

साधारण सभाले पूर्व अध्यक्ष नेपाललाई फेरि अर्को एक कार्यकालको लागि पनि अध्यक्षमा चयन गरेको हो । संचालक समितिको उपाध्यक्षमा चन्द्रीका पुलामी, सचिवमा भोलाप्रसाद तिमल्सिना, सहसचिवमा कमला गिरी, कोषाध्यक्षमा कृष्णकुमारी थापा र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, शान्ति पहरी, राम पाण्डे, नारायणप्रसाद श्रेष्ठ चयन हुनु भएको छ ।

त्यसैगरी साधारण सभाबाट मानलाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको संस्थाकी उपाध्यक्ष चन्द्रीका पुलामीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारी सस्थाकी शेयर सदस्य एंव जेष्ठ नागरिक लालमति खडका र असल ऋणी सिगौलका बिजरमान भ्लोन तथा निजगढकी कमला थापालाई सम्मान पनि गरिएको थियो ।

रेडक्रस भवन निजगढमा भएको साधारण सभाको त्यसअघि निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडालले उदघाटन गर्नुभएको थियो ।

Leave a Reply