कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाँउपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु भएको छ ।

गाउँपालिकाको वडा नं २ काठमाण्डौ टोलमा रहेको श्री वनशक्ति आधारभूत विद्यालयमा अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समितिको लागि सदस्यहरुको चयन गरिएको छ ।

भेलाले बिजयलाल साह कानु, सत्यनारायण साह र चानमति देवीलाई सदस्यमा चयन गरेको हो । बाँकी सदस्यमा शिक्षक प्रतिनिधि, प्रधानाध्यापक, शिक्षाप्रेमी वा चन्दादात र एकजना जनप्रतिनिधि छनौट गरी समितिको अध्यक्ष चयन गर्ने प्रावधान रहेको छ ।

त्यसैगरी आइतवार सोही वडाको माध्यमिक विद्यालय सेढवा बिर्तामा पनि विद्यालय व्यवस्थापन समिति गठनको लागि सदस्य चयन गरिएका छन । सदस्यहरुमा महेश महतो थारु, प्रधुमनप्रसाद यादव र सन्तोषी चौधरी चयन भएका हुन ।

जिराभवानी गाँउपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फुयालका अनुसार पालिकामा रहेका २२ वटा सामुदायिक विद्यालयमध्ये ४ वटा विद्यालयमा समिति गठन पक्रिया सुरु भएको छ । अगामी पुष १५ गतेसम्म सबै विद्यालयमा व्यवस्थाप समिति गठन हुने शिक्षा शाखा प्रमुख फुयालले बताउनुभयो ।

Leave a Reply