वीरगन्ज,नेकपा (एकीकृत समाजवादी) पर्साले बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । शनिवार एक औपचारिक कार्यक्रमकाबीच थापाको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिएको हो । त्यसैगरी विक्रम चौरसिया जिल्ला कमिटीको सचिवमा चुनिनु भएको छ ।

पार्टी केन्द्रीय कमिटी सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको उपस्थितिमा जिल्ला कमिटी घोषणा गरिएको जिल्ला कमिटीका सदस्य बृजलाल पासवानले जानकारी दिनुभयो । जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई शनिवार नै पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराइएको छ ।

जिल्ला कमिटीको पहिलो बैठकले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा मनोज चौधरीलाई चयन गरिएको छ । बैठकले पार्टीका जनसंगठन प्रमुख समेत तोकेको छ ।

जसमध्ये युवा फाँटको प्रमुखमा अनिल पटेल, प्रेस प्रमुख राघव साह, निजामती प्रमुख सुबेदार यादव, पेसागत प्रमुख सन्तोष सिँह, मुक्ति समाज प्रमुख बृजलाल पासवान, किसान संघ प्रमुख ध्रुब पटेल, बुद्धिजिवी प्रमुख रघुनाथ चौरसिया र महिला प्रमुखमा जोगमाया तामाङ्गलाई जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here