पुष्पराज खतिवडा

मनहर्वा,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आयोजना गरेको एकदिने वित्तीय साक्षरता तथा अन्तरसमुह सुदृढीकरण तालिम आइतवार सम्पन्न भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा सहकारी संस्थाले कलैया उपमहानगरपालिका वडा नं. २४ को श्रीपुरस्थित आधारभुत विद्यालयको पुरानो भवनमा तालिमको आयोजना गरेको हो ।

वडा अध्यक्ष हिरालाल चौधरीले उद्धाटन गर्नुभएको तालिममा श्रीपुर र सखुई गाउँका ७ जना पुरुषसहित स्थानीय ४५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्का र मुख्य प्रवन्धक पुष्पराज खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

तालिममा बचत गर्ने बानीको विकास, संस्थाको वार्षिक लक्ष्य निर्माण, कर्जा कारोबारमा अपनाउनु पर्ने सावधानी र अन्तरसमुहलाई प्रभावकारी बनाउने लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

तालिममा संस्था संचालक समितिका सदस्य सवनम चौधरी, तिलेश्वरीदेवी थरुनी, संचालक समितिकी पूर्वसदस्य जयमाला चौधरी र संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply