मनहर्वा,बरियारपुर,प्रहरीले ४९ किलो प्रतिबन्धित गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलो गाँजा सहित तीनजनालाई सोमबार पक्राउ गरेको हो ।

महागढीमाई नगरपालिका वडा नम्बर– २ इनरर्वा चोकस्थित बरियारपुरबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कलो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूले बिक्री वितरणको लागि अटोमा लुकाई छिपाई ९७ पोका बनाएर ल्याएको ४९ किलो ग्राम अवैध लागू औषध गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहाटोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मोटरसाईकल चालक), सोही स्थानका वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट बरामद गाँजा र ना २ ह ६१०६ नम्बरको अटो १ थान, पल्सर मोटरसाइकल एकथानसहित अभियुक्तहरूलाई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here