निजगढ,नेपाली काग्रेस निजगढको नगर अधिवेशनबाट सभापतिमा नवराज तिमल्सिना विजयी हुनु भएको छ । बिहीबार भएको निर्वाचनमा तिमल्सिना प्यानलसहित विजयी बन्नु भएको हो । त्यसैगरी नगर कार्यसमितिको उपसभापतीमा रामकृष्ण सिग्देल र ज्ञानबहादुर गोले, सचिवमा अम्वीर सिंतान र मधु तिमल्सिना र सहसचिवमा बुद्धीमान शाही र सोपिला गुरुङ निर्वाचित भएका छन । विजयी सबै पदाधिकारीहरु पार्टीको संस्थापन इतर पक्षका हुन ।

सभापती तिमल्सिनाले ९१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिव्दन्दी महेशी कुवरले ७७ मत प्राप्त गर्नुभयो । नगर कार्यसमितिको नेतृत्वको लागि कांग्रेसभित्र दुई प्यानलबीच मतदान भएको थियो । १ सय ७२ क्षेत्रीय प्रतिनिधि मध्ये १ सय ६९ ले मतदान गरेका थिए । नगर कार्यसमितिमा अन्य ४४ जना सदस्य भने सहमतिमा चुनिएका छन । अधिवेशनले ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो । कुवरको प्यानलबाट उपसभापतीमा ज्ञानेन्द्र चौलागाई र सूर्य घलान, सचिवमा बद्री चिमोरिया र गोविन्द न्यौपाने, सहसचिवमा गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्की उम्मेदवार बन्नु भएको थियो ।

नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेशभित्र संस्थापन र संस्थापन इतर पक्षका उम्मेदवारबीच मतदान भएको थियो । तिमल्सिना नेतृत्वकोे प्यानललाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन थियो भने कुवँर नेतृत्वको प्यानललाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन रहेको थियो । मेयर खनाल भने वडा नम्बर ९ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित बन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here