धिरेन्द्र तिवारी
कलैया,बाराको करण राज प्यालेस होटलमा कम्प्युटर एशोसिएन नेपाल महासघ मधेस प्रदेश कमिटीको छैठौं वार्र्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह र प्रदेश सभा सदस्य महम्द समिरले संयुक्त रुपमा पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि साहले क्यानका कार्यसमितिका सदस्य र पदधिकारीहरु मिलेर अगाडि बढनु पर्नेमा जोड दिनुभयो । साथै दोस्रो अधिवेशनबाट चयन हुने पदधिकारीहरुलाई पनि अग्रिम शुभकामना व्यक्त गर्नुभएको थियो ।
शुभकामनाको क्रमका विशिष्ठ अतिथि प्रदेश सभा सदस्य महम्द समिरले क्यान महासंघ भ्रष्टाचार विरोधी सस्ंथा भएको हुनाले आफुले महासंघलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले क्यान महासघले समाजमा विद्यमान छोरीहरुबीचको भेदभावलाई अन्त्य गर्नेतर्फ काम गर्न सुझाव दिनुभयो ।
क्यान मधेस प्रदेशका अध्यक्ष तथा बारा जिल्ला संयोजक अलोक चौरसियाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्यानका केन्द्रिय सचिव दिपेन्द्रराज सिंह, भुपालदास श्रेष्ठ, केन्द्रिय प्रतिनिधि हेमन्त चौरसिया, मधेस प्रदेश सचिव धनन्जय महतो, बारा जिल्ला अध्यक्ष सन्जय केशरी, सहसचिव सुरेश यादव, पत्रकार महासंघ बाराका सचिव अनिलकुमार गौरव, फेटा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नरेशप्रसाद पटेल, कलैया वडा नम्बर २७ का वडा अध्यक्ष अशोक तिवारीलगायत क्यानका मधेस प्रदेशका सदस्यहरुको सहभागिता रहेको थियोे ।
















