बसन्त लामा

सिंगौल,डिभिजन वन कार्यालय रौतहटले निजगढ नगरपालिका सिंगौलका बासिन्दालाई घाँस र दाउरा काटन जाँदा दुख दिने गरेको स्थानीयले बताएका छन ।

धन्सार खोलापारि पर्ने रौतहट जिल्लाको वन क्षेत्रमा घाँस दाउरा लिन जाँदा वन कर्मचारीहरुले हसिया र बंन्चरो खोसेर दुख दिने गरेको उनीहरुको भनाइ छ । यहि मंसिर महिनाभित्र मात्र घाँस दाउरा काटन गएका ११ जनाको बंन्चरो र हसिया सवडिभिजन वन कार्यालय धनसारका कर्मचारीले खोसेको बताइएको छ ।

घाँसदाउरा काँटन जाने सिंगौलका स्थानीयलाई दुख दिने वन सुरक्षाकर्मीले उक्त क्षेत्रमा हुदै आएको वन फडानी र तस्करीप्रति भने बेवास्ता गर्दै आएको पनि स्थानीयको भनाइ छ । उक्त क्षेत्रमा दिनहुँ सखुवाको हरिया रुख काटेर तस्करी हुँदा पनि कर्मचारीले बेवास्ता गरेको बताइएको छ । उक्त क्षेत्रबाट काँचो सखुवाको गोलिया साइकलमा राखेर निजगढ नगरपालिका वडा नम्बर १ को केहि स्थानमा ल्याएर चिरान गर्ने गरिएको बताइएको छ ।

काठ तस्कर र वन कर्मचारीको मिलिमतोमो तस्करी हुने गरेकोे स्थानीय राम भजन दराईले बताउनुभएको छ ।

Leave a Reply