अहिले नेपाली राजनीतिमा एउटा बहस कहि कतै भएको देखिन्छ । २०७४ सालको चुनावपछि एक भएको नेकपा एमाले र माओवादी मिलेर सरकार बनाउने र फेरि बाम एकतालाई अगाडि बढाउने ? यो बहस कत्तिको सार्थक होला भन्ने कुरा पनि चर्चामा रहेको सुनिन्छ तर बाम एकता विगतमा भएको अभ्यास हुनाले तत्काल यो संभव नहुनेमा धेरैको बुझाइ छ । नेपालको राजनीतिमा नेताहरुले जस्तो सुकै कुरा पनि संभव र जायज बनाएको अवस्थामा बाम एकता हुँदै नहोला भन्न त सकिन्न ।

तर, तत्काल अथवा बामहरुकै सरकार बन्ने संभावना भने कति छ भन्ने कुरा चैं महत्वपूर्ण हो । बामहरु भनेको एमाले र माओवादी सहित अन्य साना कम्युनिष्ट पार्टीहरु नै हुन् । उनीहरु लगभग सबै कुनै समय एक ठाँउमा थिए र जनमत पनि राम्रै पाएका थिए । अघिल्लो पटक नै बामहरुलाई जनताले लगभग दुई तिहाइ मत दिएका थिए ।

यसको संरक्षण नेतृत्वमा रहेका हिसावले नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्न नसकेको कुरा सत्य हो भने यसको दोषी सबै बामका शीर्ष भनिएका नेताहरु प्रचण्ड र माधव नेपाल पनि छन् । उनीहरुको पनि स्वार्थ बढी भएकाले पनि जनमतको खिल्ली उडाउने कार्य भएकै हो । त्यसैले सत्ताका लागि नै अहिले बाम एकताको अर्थ छैन र तत्कालका लागि यो संभव आवश्यक पनि छैन ।

Leave a Reply