कृपा संवाददाता
बिरगंज –  मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको शालिक बनाउन ४० लाख खर्चिने भएका छन् । पर्साका सांसद र बिरगंज महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने भएका छन् । बिरगंजको घण्टाघर स्थित रहेको विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक बनाउन लागेका छन् ।

 

 

 

 

 

 

समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शुक्रबार शाालिक निर्माण कार्यको शिलान्यास गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्साका निर्वाचन क्षेत्र नम्बर १ को २० लाख र बिरगज महानगरपालिकाकाले २० लाख गरी ४० लाख रुपैयाँ खर्च गर्न लागिएको हो । घण्टाघर छेउको सुलभ शौचालय नजिकै चालु आर्थिक वर्ष ०७६/७७ भित्रै शालिक निमार्ण सम्पन्न हुने जाएका छन् ।

 

 

 

 

 

 

 

अधिकारका लागि शहीदले दिएको बलिदानीको कदर गर्नका लागि शालिक बनाउन लागिएका बताए । एक वर्षअघि महानगरपालिकाको स्वामित्वमा सोही विपी उद्यानको जग्गामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका थिए । महानगरपालिकासँग समन्वय नगरी पार्क निर्माण कार्यको शिलान्यास गरिएको भन्दै नगर प्रमुख सरावगीले समेत त्यसको विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here