मंसिर ४ मा चुनाव सम्पन्न भएर लगभग मत परिणाम पनि आइसकेको अवस्था छ । केही स्थानमा मतदान हुन बाँकी छ भने थोरै स्थानमा मत गणना हुन अझै बाँकी रहेको छ र समानुपातिक तर्फको समेत मत परिणाम अन्तिमतिर पुगेको अवस्था छ । मत परिणाम सर्वजनिक भइरहदा सरकार संचालनको जोडघटाऊ पनि भइरहेको छ । मतगणनाको क्रममा देखिएको बदर मतका बिषयमा पनि ख्याल गर्न आवश्यक हुन्छ । देशभर कति मत बदर भएका छन् । त्यसको हिसाव हुदै गर्दा बारा जिल्लामा भएको मत बदरले भने सबैलाई झस्काएको छ ।

बारामा ५० हजारभन्दा बढी मत बदर भएको छ । यो चानचुनको कुरा होइन । यसले निर्वाचनको परिणाममा समेत गम्भीर असर गर्दछ । मत बदर भएपछि यसले जित्ने उम्मेदवारले हार्ने र हार्ने उम्मेदवारले जित्ने संभावना रहने भएकाले पनि बदर मतको अर्थ रहन्छ । मत किन बदर भयो भनेर बिश्लेषण हुन पनि जरुरी छ ।

सामान्यतया मत दुई प्रकारले बदर हुन्छ । जानीजानी र अन्जानमा । जानीजानी मत बदर भएको खण्डको वा गराइएको खण्डमा त्यसको खासै उपचार हुदैन तर नजानेर भएको मत बदरमा भने निर्वाचन आयोग दोषि ठहरिन्छ । बारामा अंजानमा पनि मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएका कारण यो समस्या बारासहित देशभर देखिएको हो । निर्वाचनमा अर्बौ रकम खर्च हुने भए पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत बढेको हो ।

Leave a Reply