नरेश गुप्ता
बरियारपुर –  बाराको एक पालिकामा वडा अध्यक्षको उम्मेदवार वडामा पराजित भएका व्यक्ति अहिले सिङ्गै कार्यपालिका चलाउदै गरेको जानकारी प्राप्त भएको छ । घटना हो , बाराको करैयामाई गाउँपालिकाको ।

करैयामाई गाउँपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी ( जसपा ) बाट उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमालेका उम्मेदवार दिनेश चौधरीसँग पराजित भएका व्यक्ति नै अहिले सिङ्गो कार्यपालिका चलाई रहेका बारे करैयामाई गाउँपालिका वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष बिरिज चौधरीले जानकारी दिए ।

करैयामाई गाउँपालिका वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष चौधरीले दिएको जानकारी अनुसार करैयामाई गाउँपालिकामा कार्यपालिकाले बिभिन्न समिति तथा उपसमिति बनाउँदा निर्वाचित वडाध्यक्षलाई नसमेटेको आरोप लगाएका छन् ।

गाउँपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवले बिकासका लागि बनाईएको विभिन्न समितिमा आफूलाई कुनै पनि समितिमा नराखेको वडा नम्बर ७ का वडाध्यक्ष चौधरीले दुखेसो पोखे ।

जसपा नेपाल पार्टीबाट वडा नम्बर ८ को वडा अध्यक्ष पदमा पराजित भएका साहको डिजाइनमा निर्वाचित वडा अध्यक्षलाई कार्यपालिकाले बनाएको विभिन्न समिति तथा उप समितिमा नसमेटिएको आरोप अर्का वडा अध्यक्ष दिनेश चौधरीले सुनाए ।

कार्यपालिकामा जसपा र माओवादीले गठबन्धन गरेकाले बहुमत उनीहरूको नै रहेको छ । बहुमतको दमभ देखाउदै वडामा पराजित भएको व्यक्ति सुरेन्द्र प्रसाद साहलाई कार्यपालिका सदस्यमा निर्वाचित गराई कार्यपालिका नै चलाउन उनकै जिम्मेवारी दिएको गाउँपालिका कार्यालयमा कार्यरत एक कर्मचारीले जनाए ।

कार्यपालिकाले स्थानिय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तजुमा समिति, आर्थिक बिकास समिति, सार्वजनिक सेवा तथा क्षमता बिकास समिति, समाजिक बिकास समिति, पुर्वाधार बिकास समिति, वाताबरण तथा विपद् व्यबस्थापन समिति र बिधेयक समिति लगायत आवश्यक्ताका आधारमा अन्य समिति पनि गठन गर्न सक्ने व्यबस्था रहेको छ । तर करैयामाई गाउँपालिकाले विभिन्न समिति बनाउँदा एउटै ब्याक्तिलाई तिन – चार वटा समितिमा राखिएको छ ।

करैयामाई गाउँपालिकाको वडा नम्बर ७ तथा ८ जनसंख्या र भौगोलिक क्षेत्रको हिसाबले ठुलो रहे तापनि त्यहाँको जनताले चुनेका प्रतिनिधिलाई प्राथमिकता नदिई जनताले समर्थन नगरेका तथा वडा नम्बर ८ बाट पराजित भएका सुरेन्द्र प्रसाद साहलाई एकलौटी तरिकाले समितिमा ल्याएको गुनासो गरेका छन् ।

पटक पटक बिवादित भएका र चुनाव हुनु भन्दा पहिला मौन अवधी चलिरहेको बेला निर्वाचनले जारी गरेको नियम उलंघन गर्ने व्यक्तिलाई नै समर्थन गरिरहँदा चुनावमा किन उम्मेदवारी दिई चुनावी मैदानमा उत्रुन दिनु पर्यो भन्ने प्रश्न गरेको थियो ।

उक्त गाउँपालिकाको पुर्व अध्यक्ष भुवनेश्वर धामीले आफ्नो कार्यकालमा सबै दलबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेर अगाडि बढेको बारे नाम नछाप्ने शर्तमा अर्का एक कर्मचारीले बताए ।

एउटा योजनामा हालै निर्वाचित भएका गाउँपालिका अध्यक्ष यादवले काम गरेको छ , सो भुक्तानी रोकिएको कारण आफूलाई कुनै समिति तथा उप समितिमा जिम्मेवारी नदिएको वडा नम्बर ७ मा पुःन निर्वाचित भएका वडाध्यक्ष चौधरीले दावी गरे ।

गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित अध्यक्ष यादव अहिले वडा अध्यक्ष पदमा पराजित साहको इशारामा परिचालित भएको छ । अरूको इशारा परिचालित भएको कारण नै तत्कालीन गाउँपालिका अध्यक्ष धामी हालै निर्वाचनमा पराजित व्यहोर्नुपर्यो  । यसै  बिषयमा गाउँपालिका अध्यक्ष यादवसँग प्रतिकृया लिन खोज्दा फोन सम्पर्क हुन सकेनन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here