निजगढ,निजगढ नगरपालिका ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था र निजगढ तिलगंगा आँखा आस्पतालको संयुक्त आयोजनामा बुधवार निजगढको वडा नम्बर ३ मा निःशुल्क आँखा शिवीर सञ्चालन हुने भएको छ ।
सिगौलको पिपलटारमा रहेको लालिगुराँस आधारभुत विद्यालयको प्राङ्गणमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिवीर संचालन हुने र शिवीरमा फेला परेका मोतिया विन्दुका बिरामीको तिलगंगा आँखा अस्पताल निजगढमा निशुल्क शल्यक्रिया समेत गरिने लोकप्रिय सहकारी संस्थाका प्रवन्धक रोशन तिमल्सिनाले जानकारी दिनुभयो ।
सहकारी संस्थाले यसअघि पनि निजगढका विभिन्न क्षेत्रमा आँखा शिविर कार्यक्रम
संचलान गर्दै आएको छ ।