पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नं. ३ को समानुपातिक मत गणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीका लागि नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ भने सबैभन्दा कम मत राष्ट्रिय नागरिक पार्टीले प्राप्त गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ १४ हजार ९७३ मत प्राप्त गर्दा चङ्गा चुनाव चिन्ह पाएको नागरिक पार्टीले एकमत मात्रै पाएको छ ।
नेकपा एमालेपछि दोस्रो स्थानको मत जनता समाजवादी पार्टी (जसपाले) पाएको छ । उसले १२ हजार ६९८ पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेपाली काँग्रेसले ९ हजार ५८५ प्राप्त गर्दा नेकपा माओवादीले ४ हजार ६०९ पाएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले ५ हजार २२५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८१३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ हजार ४२९ र नेकपा (एकिकृत समाजवादी) ले ९८३ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको गोलाकार भित्रको घण्टीले ५ हजार ९५ समानुपातिक मत पाएर क्षेत्रमा चौथो स्थान बनाएको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३, मौलिक जरोकिलो पार्टीले ८ मत प्राप्त गरेको छ । माओवादी समाजवादी महिलापुरुष र जरोकिलो पार्टी किर्बोड सहितको कम्प्युटर चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा थिए । यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले ५, नेशनलिष्ट पिपल्स पार्टीले २, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २९, बहुजन शक्ति पार्टीले १३, विवेकशील साझा पार्टीले ११० मत प्राप्त गरेको छ ।
यस्तै क्षेत्र नं.३ बाट नागरिक उन्मुक्ति पार्टीले २ हजार ११ पाएको छ । नेपाल मजदुर किसान पार्टीले यो क्षेत्रमा २५८, राष्ट्रिय जनमोर्चाले ३९५, नेपाल समावेशी पार्टी १६३, हाम्रो नेपाली पार्टीले ९३३ र जनता प्रगतिशिल पार्टीले ३१ मत पाएको छ ।
यस क्षेत्रमा ४७ वटा पार्टी चुनावी मैदानमा थिए । यो क्षेत्रमा १ लाख ४ हजार ८९५ मतदाता छन् ।
जम्मा ६७ हजार ३५० मत खसेकोमा ६४ हजार ४३२ सदर हुँदा २ हजार ९१८ मत बदर भएको ३ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही आधारमा प्रदेशसभा समेत पार्टीहरुले मत पाएको क्षेत्रीय निर्वाचन अधिकृत पूर्णश्वरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सभा समानुपातिक मतका आधारमा १४ हजार ६०७ मत पाएर एमाले पहिलो बनेको छ । यस्तै जनता समाजवादी पार्टीले १२९२३ मत पाएर दोस्श्रो स्थानमा छ, भने नेपाली काँग्रेस ७ हजार ९३८ मतका साथ तेस्स्रो स्थानमा रहेको छ ।
बारा क्षेत्र नं. ३ मा प्रत्यक्ष पहिलो हुने प्रणाली अन्तरगत प्रतिनिधिसभामा एमालेकी ज्वाला साह, ३ (१) एमालेकै रविन्द्रदास श्रेष्ठ र र ३ (२) मा मोहम्मद समिर निर्वाचित भएका छन् ।
त्यसैगरी बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा र प्रदेशतर्फको समानुपातिकमा नेकपा एमालेले बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले बढी मत प्राप्त गर्ने दल बनेको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले बारा क्षेत्र नं. ४ बाट १४ हजार सात सय ७८ मत प्राप्त गरेको छ । एमालेपछि दोस्रो स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिकमा १० हजार नौ सय ११ मत पाएको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६ हजार पाँच सय ६१ र चौथो स्थानमा रहेको कांग्रेसले ६ हजार चार सय ७२ मत पाएको छ । बारा ४ मा रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पाचौं स्थानमा देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार दुई सय ५६ मत पाएको छ । यसैगरी छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ६ सय ६२, सातौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले चार हजार आठ सय ५८ मत पाएको छ ।
बारमा माधवकुमार नेपाल नेतृत्वको एकिकृत नेकपा समाजवादी आठौं स्थानमा देखिएको छ । बारा ४ को प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ जित हासिल गरेको समाजवादीले समानुपातिकमा भने चार हजार ६ सय ९१ मत मात्र पाएको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टी नवौं स्थानमा देखिएको छ । जनमत पार्टीले तीन हजार दुई सय एक मत पाएको छ भने दसौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक हजार एक सय ३८ मत पाएको छ ।
प्रतिनिधिसभातर्फ पहिलो देखिएको एमालेले प्रदेशसभातर्फको समानुपातिकमा पनि बढी मत प्राप्त गरेको छ । प्रदेशसभा ४(१) र ४(१) बाट एमालेले १५ हजार ६ सय २४ मत पाएको छ ।
एमालेपछि दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) देखिएको छ । लोसपाले नौ हजार ६ सय ३० मत पाएको छ । लोसपापछि तेस्रो बढी मत पाउनेमा नेकपा एकिकृत समाजवादी पार्टी छ । एकिकृत समाजवादीले सात हजार दुई सय ७२ मत पाएको छ ।
प्रतिनिधिसभातर्फ चौथो देखिएको कांग्रेस प्रदेशसभामा पनि चौथो बढी मत पाउने पार्टी बनेको छ । कांग्रेसले सात हजार दुई सय तीन मत पाएको छ । पाचौं स्थानमा रहेको नेकपा माओवादी केन्द्रले पाँच हजार चार सय ७३ मत पाउदा छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ५८ मत पाएको छ ।
सातौं स्थानमा रहेको जनता समाजवादी पार्टीले चार हजार तीन सय ९५ मत प्राप्त गर्दा आठौं स्थानमा रहेको जनमत पार्टीले चार हजार २१ मत पाएको छ ।
प्रदेशसभातर्फको समानुपातिकमा हाम्रो नेपाली पार्टीले दुई हजार तीन सय १८ मत प्राप्त गर्दै नवौं स्थानमा देखिएको छ भने दसौं स्थानमा एक हजार दुई ११ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टी रहेको छ .
पर्सामा पहिलो बन्यो काँग्रेस
वीरगन्ज,यही मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि सबैभन्दा बढि मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा काँग्रेसले सबैभन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेश्रो स्थानमा झरेको छ ।
पर्सामा राप्रपा २० हजार ८७३ .मतका साथ चौथो, नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैठौं शक्ति बनेको छ । सातौ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौं स्थानमा सिमित हुन पुगेको छ ।
यसैबीच प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबैभन्दा बढि ६३ हजार ८६१ मत पाएको छ । जसपा भने ४१ हजार ६२७ मतका साथ दोश्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०७ मत प्राप्त गर्दै तेश्रो दल बनेको छ । चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउँदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौ दल बनेको छ । सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैठौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौ स्थानमा छ भने नेकपा एकिकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौ स्थानमा पुगेको छ । नवौं ं स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।
जसपालाई क्षति
२०७४ को निर्वाचनमा सामानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधिसभाको समानुपातिकमा जसपाले सबैभन्दा बढि ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो । दोश्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो । तेश्रो स्थानमा रहेको एमालेले प्रतिनिधिसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।

















