राजन कुमार बानिया
पोखिरया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चरगाँहास्थित श्री नावगाँवा माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक अमिन मियाँको सम्मानमा बिदाई आयोजना गरिएको छ । सो कार्यक्रममा विद्यालयमा नयाँ नियुक्ति लिएर आउनुभएका प्रधानाध्यापकको गगनदेव यादवको स्वागत पनि गरिएको छ ।४० वर्षसम्म विद्यालयमा सेवा गरेर हालैमात्र अवकाश प्राप्त गर्नुभएका प्रअ मियाँले विद्यालयमा इमान्दारिताका साथ लामो समयसम्म काम गरेकाले सम्मान सहित बिदाई गरिएको हो । सेवा निवृत्त मियाँले नवगाँवा माविमा सात वर्ष करार र ३३ वर्षसम्म स्थायी प्रअको रुपमा विद्यालयको सेवा गर्नुभएको थियो ।

बिदाई तथा स्वागत सम्मान कार्यक्रमका प्रमुख अतिथि छिपहरमाई गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत उदयशंकर चौधरीले सेवा निवृत प्रधानाध्यापक अमिन मियाँको सेवा निवृत्त जीवन सफलताको लागि कामना गर्नुभएको थियो ।
सोही कार्यक्रममा विद्यालयमा नयाँ प्रअका जिम्मेवारी पाउनु भएका गगनदेव यादवलाई पनि स्वागत तथा सम्मान गरिएको छ ।सो कार्यक्रममा बोल्दै प्रमुख प्रसाकीय अधिकृत चौधरीले अगामी दिनमा गाउँपालिकाले विद्यालयको विकासको लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद गुप्ताको अध्यक्षतामा सम्पन भएको सो कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख मेघराज रौनियार, वडा अध्यक्ष महेन्द्र साह कलवार,बासुदेव साह, विद्यालयका नवनियक्त प्रअ गगनदेव यादव, निमित्त प्रअ प्रभु गिरी, शिक्षकहरु सुरेश साह,दिनेश पटेल, सुनिल हजरा, मनोज पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी र समाजसेवीहरुको सहभागिता रहेको थियो।

Leave a Reply