काठमाण्डौ – प्यालेस्टाइनको विद्रोही समूह हमाससँगको युद्धविराम पछि अस्थायी आक्रमण बढाइरहेको इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ । इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको बीबीसीले जनाएको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ ।इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताउनु भएको छ । उहाँले तयारीका साथ मजबुत ढङ्गले आफ्ना सेनाहरु हमासविरुद्ध लडिरहेका दाबी गर्नु भएको छ । अस्थायी युद्धविराम सकिएसँगै इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको छ ।इजरायलले अझै १३७ जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । सात दिनको अस्थायी युद्ध विराममा हमासले ११० जना र इजरायलले २४० जना प्यालेस्टाइनी बन्दीलाई रिहा गरेको थियो । इजरायल र हमासबीच भइरहेको युद्धमा अहिलेसम्म १५ हजार भन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here