निजगढ,निजगढ नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठ एक महिनाभन्दा लामो समयदेखि बेपत्ता बनेपछि वडा सदस्य पुष्कल खडकालाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिएको छ । वडा समितिको गत कार्तिक १५ गते बसेको बैठकले खडकालाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिने निर्यय गरेको वडा कार्यालय सचिव हिरालाल राणाले बताउनुभयो ।

वडा समितिका अर्का सदस्य धनबहादुर थापाको असहमतिका बाबजुद खडकालाई कार्यबहाक तोकिएको बताइएको छ । छिमेकी एक १५ वर्षिय बालिकामाथि करणी गरेको आरोप लागेपछि वडा अध्यक्ष श्रेष्ठ १ महिनाभन्दा लामो समयदेखि फरार रहदै आएका छन । करणी आरोपमा प्रहरीले मुद्दा चलाएर पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष श्रेष्ठ फरार बनेको वडा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध बनेपछि खडकालाई कार्यबहाक वडा अध्यक्ष तोकिएको हो ।

इलाका प्रहरी कार्यालय निजगढले श्रेष्ठ फरार रहेको र खोजी कार्य भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here