निजगढ – निजगढमा हिजोबाट सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम शुरु भएको छ । निजगढ नगरपालिका प्रुमख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछानेले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रुमख खनालले निजगढमा सवारी दुर्घटना न्युनिकरणमा नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताउनुभयो । सो अवसरमा उहाले आवश्यक कागजपत्र लिएर मात्र सवारी चलाउन पनि अनुरोध गर्नुभयो । त्यसैगरी उपप्रमुख खनालले सवारी चेतनाको अभावमा दुर्घटना बढेको भन्दै ट्राफिक समस्या कम गर्नका जनचेतना जरुरी भएको बताउनुभयो ।
लायन्स क्लव निजगढका अध्यक्ष विनोद खरेलको अध्यक्षतामा भएको सो उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिद्रमणी पोखरेल, प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैयाका प्रमुख श्यामकुमार महतो, नेपाल राष्ट्र बैङ्ग क्षेत्रीय कार्यालय वीरगंज प्रमुख राजन विक्रम थापा, लायन्स क्वलका विनोद भारती, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, एनएनवि बैङ्क निजगगढ शाखा प्रमुख रविन भण्डारीलगायतले ट्राफिक सचेतनाको महत्व बारे बोल्नुभएको थियो । कार्यक्रममा ट्राफिक कार्यालय पथलैयाका प्रमुख महतोले चेतनामुलक भिडियो र सामाग्रीसमेत प्रदर्शन गर्नुभएको थियो ।
जिल्ला ट्राफिक कार्यलय बारा, इलाका प्रहरी कार्यलय निजगढ, एनएमबि बैंक निजगढ शाखा, लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको आयोजनामा सप्ताहाव्यापी कार्यक्रम शुरु भएको हो । यसअघि विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिध र स्थानीय समाजसेवी सम्मिलित र्यालीले निजगढ बजार परिक्रममा गर्दै निजगढ बैङ्गकुटमा पुगेर कार्यक्रमको उदघाटन गरिएको थियो । अभियान अन्तरगत आजबाट नगरका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक शिक्षा दिने कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यलय बारा निजगढका प्रहरी निरीक्षक सुरेश थापाले बताउनुभयो । कार्यक्रमको संचालन लायन्स क्लव पिसका अध्यक्ष खडकप्रसाद उप्रेतिले गर्नुभएको थियो ।