मंसिर ४ गते आउन अब धेरै दिन बाँकी छैन । जति मंसिर ४ नजिकिदै छ उति चुनावी सरगर्मी पनि बढ्दै गइरहेको छ । चुनाव नजिकिदै गर्दा कतिपय स्थानमा भने मतदाता शिक्षा कार्यक्रम एकदमै प्रभावहिन भएको समेत कुराहरु आएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएका कारण मतदाताहरुमा अन्यौलता समेत कायम भएको छ । ६ महिना अगाडि स्थानीय तहको चुनावका लागि मतदान गरेका मतदाताहरु यसपाली भने फरक ढंगबाट मतदान गर्नुपर्दा अन्यौलमा परेका हुन् ।

यसपटक चार ठाउँमा मतदान गर्नुपर्नेछ । यो बिषयमा कतिपय मतदाताहरु त सचेत छन् तर सबै भने सचेत भएको पनि पाइदैन । मतदाताहरुलाई मतदाता शिक्षा कार्यक्रमका बारेमा नै ज्ञान कम भएको जस्तो देखिन्छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नबनाएसम्म मत बदर हुने संभावना पनि उत्तिकै रहन्छ । त्यसैले पनि मतदाता शिक्षा कार्यक्रम जनस्तरमा पुग्न आवश्यक छ ।

बारा सहितका देशका अधिकांश स्थानमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा मतदाताहरुले मत बिगार्न सक्ने हुँदा निर्वाचन कार्यालय यस बिषयमा सचेत हुन आवश्यक छ । मतदाता शिक्षकहरुलाई गाउँगाउमा पुर्याउन जरुरी छ । जति यो कार्यक्रम प्रभावकारी हुन्छ,उत्ति मत बदरको प्रतिशत पनि घट्नेछ ।

Leave a Reply