कलैया,बारा प्रहरीले भन्सार छलीका ठूलो मात्रामा विभिन्न खुद्रा सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले बिल बिजकभन्दा बढीको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिइएको जनाएको छ ।विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका– १ पथलैया चोकबाट भन्सार छलीका ६३ लाख ५३ हजार मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा जानकारी दिएको छ ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले सामानसहित ना ४ ख ५४०६ नम्बरको ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा ट्रकबाट बिल बिजकभन्दा बढीका ६३ लाख ५३ हजार ३८९ मूल्य बराबरका सामान बरामद भएको हो ।प्रहरीले ट्रकबाट मोबिल, हार्डवेयर, कपडा, प्लाष्टिक, औषधी, किराना आइटम लगायतका अन्य खुद्रा सामानहरु बरामद गरेको हो । बरामद सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

















