निजगढ,२ दिनदेखि हराएका निजगढ नगरपालिका वडा नम्बर ४ का सन्तकुमार खतिवडाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीवार शव फेला परेको छ ।

घाँस काटन भनेर जंगल गएका वर्ष ५५ का खतिवडाको निजगढ नपा ४ स्थित चुरेको धरापे डाँडामा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीवार बिहान ८ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । घाँस काटन भनेर घरबाट निस्किएका खतिवडा बुधवार दिउसोदेखि बेपत्ता बनेका थिए ।

त्यसैगरी निजगढ विष सेवन गरी आत्माहत्या गरेको अवस्था निजगढ नगरपालिका वडा नम्बर ९ को नदीकट्टा जंगलमा एक पुरुषको शव फेला परेको छ । धादिङ्ग जिल्ला धार्के गाउँपालिका घर भएका वर्ष ४३ का रामेश्वर नेपालको शव निजगढ प्रहरीले मंगलवार साँझ ५ बजे फेला पारेको हो ।

घाँस दाउरा गर्न जंगल गएका स्थानीयले गन्हाएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेको र मृतकका भाइ बद्री नेपालले उनको सनाखत गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । मृतकको साथमा रहेको मोवाइलको आधारमा शवको पहिचान गर्न सहज भएको निरीक्षक ओलीले बताउनुभयो ।

मृतक नेपाल पारिवारिक समस्यामा रहेका कारण निजगढको जंगलमा आएर विष सेवन गरी आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here