वीरगञ्जलाई देशको प्रवेश द्वार मानिएपनि एक दशक अगाडिसम्म यो शहर निकै साँघुरो थियो ।वीरगञ्जको मुख्य सडकखण्डभन्दा बाहेकका सडकको अवस्थामा केही सुधार भएको छ भएपनि गण्डकदेखि मितेरी पुलसम्मको अवस्था मुख्य खण्डमा भने अझै साँघुरो नै रहेको थियो तर अब आइतबार बिहान झिसमिसेमा नै सडक विभागले स्थानीय सरकारको समेत सहकार्यमा भत्काइ दिएको छ ।

करिब ६ महिना अगाडि छिमेकी शहर हेटौंडामा पनि यसरी नै सडक भत्काइएको थियो तर हेटौंडामा भत्किएपनि बन्न सकेको छैन यसमा दोषी सडक बिभाग छैन । केही घरधनीेले मुद्दा दायर गरेपछि हेटौंडा कुरुप छ ।
अब वीरगञ्जले पनि त्यो नियति भोग्नु नपर्ला भन्न सकिन्न । आफ्नो घरमा जोडर चलेपछि वीरगञ्ज महानगरपालिकाका पूर्व नगरप्रमुख बिजय सरावगीले न्याय पाउने कुरा गरेपछि यो कुरा स्पष्ट छ कि, नियति वीरगञ्जको पनि हेटौंडाको जस्तै हुनेछ । अथवा न्यायलयले हालका लागि स्टेअर्डर गर्छ अनि फेर समृद्ध फराकिलो वीरगञ्ज बनाउने अभियानमा फेरि रोकावट आउँछ र यसले फेरि वीरगञ्जवासीलाई घाटा लान्नेछ ।
अब विकासको विरोध गर्नुको खास अर्थ छैन ।
यसरी हेर्दा आइतबार बिहानै वीरगञ्जको मुख्य सडकमा चलेको डोजरलाई स्वभाविक मान्नेहरुको संख्या धेरै छ । जो घर धनी थिए, व्यवसायी थिए, उनीहरुका लागि त पीडा भयो होला नै तर आम नागरिकहरुले वीरगञ्जको सडक चौडा होस् भन्ने चाहेका छन् र वीरगञ्ज चौडा गर्ने प्रयास लामो समयदेखि सफल बन्दै आएको पनि हो ।त्यसैले अब बाटो खुलेको छ । अब समृद्ध, फराकिलो वीरगञ्ज बनाउने विषयमा सबैको साथ आवश्यक छ, बरु तगारो होइन ।















