अहिले सामाजिक संजाल हेर्ने हो भने नेपालका शीर्ष नेतालाई गाली नगर्ने कम होलान् जस्तो देखिन्छ त्यसो त यो गाली बिगत कयौं वर्षदेखि चल्दै आएको छ । अबको करिब १५ दिनपछि यो देशमा आम चुनाव हुदैछ । आम चुनाव भनेको नागरिकहरुले पाँच वर्षका लागि आफ्ना प्रतिनिधि छनौट गर्ने एक अवसर पनि हो । कतिपय अवस्थामा के देखिएको छ भने बाहिर दलका नेता र उम्मेदवारलाई गाली गर्ने अनि त्यही उम्मेदवारलाई मत हाल्ने प्रवृत्ति समाजमा मज्जाले देखिएको छ ।
त्यसैले पनि अब आम मतदाताहरुले आफ्नो विवेकको प्रयोग गर्ने बेला आएको छ । अब मतदाताहरुले विवेकको प्रयोग नगर्ने हो भने फेरि आफैले मत दिएर पठाएको उम्मेदवारलाई गाली गर्नुको अर्थ छैन । यही समय हो,आफ्नो विवेक प्रयोग गर्ने । यही समयमा आफूले चाहेको र सोचेको उम्मेदवार छान्ने ।
हुनत संबिधानमा मत दिन्न भन्ने अधिकारको ब्यवस्था त छैन तर पनि मत छैन भने घरमा बस्ने अधिकार पनि एकजना मतदातालाई छ । मंसिर ४ मा मत दिने हो भने पनि पाँच बर्ष आफ्ना दुःखसुख सुन्ने उम्मेदवार मत दिएर बिजयी गराउन आवश्यक छ । आफै मत दिने अनि गाली गर्ने छुट हुन्न । गठबन्धन भए पनि नेतामा छ, जनताले आफ्नो विवेक प्रयोग गर्न पाउछन् यतातिर ध्यान सबैले दिन जरुरी छ ।