आर.के. चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा शिव लिङ्गको आकृति भएको ढुुङ्गा देखिएपछि हेर्न आउने सर्वसाधारणको भीड लाग्न थालेको छ । निचुटा निवासी देवनरायण साह गोड घरमा छाना छाउने खर काटेन भनेर गएको बेला भगवान शिवको लिङ्ग जस्तो आकारको ढुङ्गा देखेपछि साक्षत शिवको लिङ्ग भनेर हेर्न आउनेको भीड बढेको हो । शनिवार बिहान घरबाट खर काटन जादै गर्दा खुट्टामा ढुङ्गा ठोक्किर हेर्दा शिव लिङ्ग फेला परेको उहाँले बताउनुभयो ।
शिव लिङ्ग उत्पत्ति भएको भनिएको सो स्थानमा अहिले स्थानीयवासी र श्रद्धालुहरुको भीड लागेको छ ।