सिमरा,नेकपा एमाले बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरीले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । सिमरामा शुक्रवार आयोजित कार्यक्रममा उम्मेदवार चौधरीले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, खानेपानी, रोजगारी, सडक संजाल, अव्यवस्थित बसोबास, खेलकुद, धर्मसंस्कृतिको संरक्षणलगायतको क्षेत्रलाई समेटदै प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू निर्वाचित भएपछि प्रतिवद्धता पुरा गर्न पछि नहट्ने बताउनुभयो । चौधरीले जीतपुरमा दुई सय शैयाको अस्पताल, पथलैयामा ट्रमा सेन्टर सेन्टर, सिमरा, ईनर्वासिरा र रमौलीमा आवश्यकता अनुसारको अस्पताल संचालनको कामलाई आफू निर्वाचित भएपछि अघि बढाउने बताउनुभएको छ ।

शिक्षा क्षेत्रतर्फ विद्यालयको भौतिक पूर्वाधारको विकास, प्राविधिक शिक्षा, ई लाईब्रेरी, आईटिसी ल्याब स्थापनालाई प्राथमिकता दिने बताउदै चौधरीले सिमरा रंगशाला र हरपुर क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार कमलेश झा, मधेस प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, एमाले नेता अमृतलाल श्रेष्ठ, कमला घिमिरे, तारा कार्की, रत्न उप्रेती, रविन्द्र खकुरेललगायतको उपस्थिती रहेको थियो । प्रतिवद्धता कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले उम्मेदवार चौधरीले अघि सारेका योजनाले यस क्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो । उहाले आफ्नो प्रतिवद्धता पूरा गर्न जिम्मेवार भएर लाग्न समेत उम्मेदवार चौधरीलाई सुझाव दिनुभएको थियो ।

Leave a Reply