शुक्रबार रातीको हुरीले बारा निजगढका किसानको नष्ट गरेको केरा खेती ।

पुष्पराज खतिवडा
मन्हर्वा –  शुक्रबार राती हुरीसँगै आएको असिना पानीले सयौं विगाहा केरा खेती नष्ट गरेको छ । हुरीले केरा पकेट क्षेत्र निजगढमा ठुलो क्षति पु¥याएको हो । यहाँका किसानले ११ सय विगाहा क्षेत्रफलमा लगाएको केरा ७५ प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । बारा केरा तथा फलफुल उत्पादन व्यवसायि संघका अध्यक्ष एकबहादुर श्रेष्ठले किसानलाई करिब ४० करोड रुपैंया बढीको क्षति भएको बताए । तथ्यांक संकलन कार्य भईरहेकाले क्षतिको विवरण अझै बढ्न सक्ने उनको भनाई छ ।

शुक्रबार रातीको हुरीले बारा निजगढका किसानको नष्ट गरेको केरा खेती ।

 

‘भुमरी जस्तो गरि हुरी आएको थियो,’ अध्यक्ष श्रेष्ठले भने–‘हुरीले भेटेको ठाउँमा सोत्सर हुने गरि केरा लडायो । ’ उनका अनुसार अधिकांश किसानले खेतीको विमा गरेका छैनन् । हुरीबाट करोडौंको खेती गुमाएका किसानलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने उनको भनाई छ । विमा गर्ने र भुक्तानी लिने प्रकृया झन्झटिलो भएको कारणले किसानको विमाप्रति आकर्षण बढ्न नसकेको बताए । विमाको सहजता समे¥नभएकाले किसानले ठुलो क्षेती सहनु परेको श्रेष्ठले बताए ।

 

 

 

 

निजगढका किसान विनोद न्यौपानले साढे तीन विगाहा जमिनमा लगाएको केरा खेती हुरीले ढालेर नष्ट पारेको बताए । जग्गा भाडामा लिएर खेती गरेका उनले अब कसरी भाडा तिर्ने भन्ने चिन्ता सुरु भएको सुनाए । जनक तिमल्सीना, पशुपती सापकोटा, हेमलाल श्रेष्ठ लगायतका किसानले सयौं विगाह केरा खेती बर्वाद भएको सुनाए । पूर्वा जनप्रतिनीधि समेत रहेका अम्बीका चौलागाईका अनुसार २०६८ सालमा निजगढका गोविन्द खरेलले सुरु गर्नुभएको केराखतीले पछिल्लो समय ब्यवसायीक रुपम लिन थालेको थियो । अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष धेरै क्षेत्रफलमा विस्तार भएको खेती निकै सप्रिएको थियो । यसैबर्ष हुरीले ७०प्रतिशत भन्दाबढी नै बर्वाद बनायो ,उनले भने ।

 

वाहिय बजारमा मात्रै निर्भर रहेको केराको वैकल्पीक उत्पादनका लागि स्थानिय स्थतरमा समेत पहल भैरहेको भएपनी सुरुवात नभई सकेको अवस्था रहेको उनले बताए । बषौं देखी उखु खेती गर्दै आएका यहाँका किसान केराखेती तर्फ अर्कषित भएका हुन् । उखुभन्दा सहज र मनग्य आम्दानी हुनेभएपछी केरा खेती प्रती किसानको आर्कषण बढेको उनको भनाई छ ।

 

 

 

कृषि ज्ञान केन्द्रले केरा ब्लकका रुपमा निजगढमा सरकारी सहयोग पु¥याउँदै आएको बताएको छ । हुरीले २१९५ हेक्टरमा लागाईएको केरा सहित आँप लिच्ची लगायतका फलफुलमा क्षेती गरेको केन्द्रका प्रमुख जितेन्द्र प्रसाद यादवले जानकारी दिए ।  हुरीले मकै, गहुँ र तरकारी बालिमा समेत ठुलो क्षेती पु¥याउनको साथै कतिपय घरका छाना उडाएको थियो ।

Leave a Reply