वीरगन्ज,सशस्त्र प्रहरी बल वीरगञ्ज आउट पोस्टले दुई महिनामा १ करोड ५७ लाख १७ हजार ४ सय ५७ रुपैयाँको सामान बरामद गरेको छ ।

भदौमा ७९ लाख ८० हजार ३ सय र असोजमा ७७ लख ३७ हजार १ सय ५७ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद भएको हो । भन्सार छलेर हुने अवैध चोरी तस्करी नियन्त्रण गर्ने क्रममा वीरगञ्ज महानगरपालिका( १६ भन्सार रोड, इनर्वा, रजतजयन्ती, भुटनदेवी लगायतका क्षेत्रबाट उक्त सामग्री बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टले जानकारी दिनुभयो ।

यसरी बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरिएको उहाँले बताउनुभयो । यो आउट पोस्टको क्षेत्रमा वीरगञ्ज(रक्सौल नाका पर्छ । खुल्ला सीमाका कारण मुख्य नाका आसपासका चोर बाटोबाट भन्सार छलेर अवैध रुपमा माल समान ल्याउने गरिन्छ ।

दिनमा भन्दा मध्य राति वा एका बिहानै लत्ता कपडा, मोटर पार्टस्, हार्डवेयरका सामान, इलेक्ट्रिक सामग्री, राजनिवास, रजनीगन्धा गुट्खा, किराना सामान, कस्मेटिक सामान तरकारी, पटाका जस्ता सामग्री चोरी तस्करी बढी हुने गरेको छ ।

कुनै पनि किसिमबाट हुने अवैध चोरी तस्करी नियन्त्रणका विभिन्न योजना बनाएर काम गरिरहेको सशस्त्र प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

Leave a Reply