कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा भएको सवारी दुर्घटनामा परि सशस्त्र प्रहरी बोर्डर आउट पोटट महादेवपटेटीका सशस्त्र प्रहरी निरीक्षक रमेश साख गम्भीर घाइते हुनुभएको छ ।
शुत्रबmवार राती ईलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीको संयुक्त प्रहरी टोलिले सवारी चेकिङ गर्ने क्रममा जिराभावानी गाउँपालिका वड नम्बर दुई लाटोमाइ मन्दिर नजिक हुलाकी राजमार्गमा सुवर्णपुरबाट आउदै गरेको ना २ ह १४५४ नम्बर को अटोलाई रोक्ने क्रममा अटोको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक साखको टाउको, कम्मर, खुटटामा चोट लागेको हात भाँचिएको छ ।
अटो चालक जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का सितारम राय र अटोलाई ईलाका प्रहरी कार्यालय सेढवाको नियन्त्रणमा राखिएको छ भने गम्भीर घाइते सशस्त्र प्रहरी निरीक्षक साखको बिरगंजस्थित नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।