सिगौंल,निजगढ नगरपालिकाको सिगौलसंग सिमा जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलन्टारको वन क्षेत्रमा वन गस्ती टोली र सिकारी समूहबीच शुक्रबार राति दोहोरो झडप भएको छ । झडपमा दुबै पक्षले हवाइ हवाइ फायरसमेत गरेका थिए । यसैक्रममा वनसुरक्षाकर्मीको टोली सिकारी समूहका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का सीताराम स्याङतान रहेका छन ।

वन गस्ति टोलीसंग सिकारी समूहसंग दोहोरी झडप भएको डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको बताउनुभयो । ८ जनाको समूहमा रहेको सिकारीको समूह हवाइफायरपछि तितरबितर भएर फरार भएको वन अधिकृत यादवले बताउनुभएको छ । वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको यादवको भनाइ रहेको छ ।

Leave a Reply