मकवानपुर –  मकवानपुरको मनहरी गाउँपालिका देशकै४ सय ६० वटा गाउँपालिका मध्यमा पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको छ । मनहरी गाउँपालिकाको पहलमा बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको हो ।

 

 

 

 

 

 

 

 

आज मनहरी वजारमा पत्रकार सम्मेलन गरी पुस २८ गते सार्वजनिक विदा समेत दिएर वालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । बालमैत्री गाउँपालिका वनाउनका लागि अवको पाँच वर्षमा गरिने सवै कामको योजना समेत वनाइएको उहाँले वताउनुभयो ।

 

 

 

 

 

 

 

कार्यक्रमको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुस २८ गते बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । वालमैत्री गाउँपालिका घोषणा गर्नुमात्र ठुलो कुरा नभइयसको सुरुवातको रुपमा बुझ्नका लागि गाउँपालिकाका उपाध्यक्ष मनिाला विष्ठले आग्रह गर्नुभयो । यसमा हरेक वर्ष सुधार गर्दै लैजाने वताउनुभयो । घोषणा अन्तिम नभइकन सुरुवात भएको वताउनुभयो ।

Leave a Reply