कृपा संवाददाता
बीरगंज ९ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ बाट बच्नका लागि पर्साको नारायणी उपक्षेत्रिय अस्पतालमा निर्माण गरीएको आइसोलेशन वार्ड हुरीले भत्काएका छन् । सोमबार राती चलेको अत्याधिक हुरीले नारायणी अस्पतालमा निर्माण गरीएको आइसोलेशन वार्ड हुरीले भत्काएका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
करिब दश लाखको लागतमा नारायणी अस्पतालमा २० शैयाको आइसोलेशन वार्ड निर्माण गरीएको थियो । नारायणी अस्पतालमा निर्माण गरीएको आइसोलेशन वार्डमा चार जना संक्रमीत उपचारका लागि राखिएकोमा उनीहरुलाई अस्पतालकै आईसीयु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर उपाध्यायले बताए ।
अस्पतालको आकस्मिक कक्षको दोस्रो बीरगंजका उधोगी राजेश कुमार र सुरेश रुङ्गटाको १० लाख रुपैयाको सहयोगमा एल्मुनियम र सिसा प्रयोग गरी २० शैयाको आइसोलेसन वार्ड बनाइएको थियो । नवनिर्मित आइसोलेसन वार्डमा वैशाख ५ मा अस्पतालको महेन्द्र आरोग्य भवनको आइसोलेसन वार्डबाट ४ जना संक्रमितलाई सारिएको थियो । वीरगन्जको मस्जिदमा बसेका कोरोना संक्रमित ३ भारतीय र रौतटहका एक जनाको उपचार भइरहेको छ ।