कलैया,बारा क्षेत्र नं. २(२) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बच्चा राउत अहिर पुनः निर्वाचित हुनुभएको छ । राउत एक हजार तीन सय ६३ मतको मतान्तरले निर्वाचित हुनुभएको हो ।

राउतले १० हजार तीन सय दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९ सय ३९ मत पाउनुभएको छ । राउत २०७४ सालको निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।

संघीय समाजवादी फोरमबाट निर्वाचन लडेका राउतले ११ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको थियो ।

Leave a Reply