कृपा संवाददाता

हेटौंडा –  सरकारले एकल महिला र अपांगता भएका व्यक्तिहरुले पाउदै आएको सुविधा कटौती गरेको जानकारी प्राप्त भएपनि मकवानपुरका एकल महिा सहित अपांगता भएका ब्यक्तिहरु आक्रोशित भएका छन् । उनीहरुले सरकारले सो नीति तत्काल सच्चाउन पनि माग गथरेका छन् ।

 

 

 

गृह मन्त्रालयले ६० वर्ष मुनिका एकल महिला र निलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुको भत्ता रोक्न स्थानीयतहलाई पत्र पठाएपछि सुबिधा कटौती गरेको थाहा भएपछि आफूहरु दुःखी भएको र अब आफूहरु सरकारी कदमको बिरोधमा उत्रनुको बिकल्प नभएको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलले बताउनुभयो ।

 

 

 

उहाँले सरकारी नीतिले मकवानपुरका एकल महिला र अपांगता भएका ब्यक्तिहरु प्रत्यक्ष मारमा परेको बताउनुभयो । मकवानपुरमा आफूहरुले संगठन स्थापना गरी काम गर्दै आइरहेको र हेटौंडाको केही वडाहरुमा एकल महिलाहरुलाई संगठित गराइ सकेका कारण सरकारको यो नीतिले वडा तहका एकल महिलाहरु पीडित भएको गुनासो आएको उहाँले बताउनुभयो ।

 

 

 

सरकारको यो नीतिले जनप्रतिनिधिहरु समेत अन्यौलमा परेको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी कोषाध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो । आफूहरु सरकारले निर्णय नसच्चाए आन्दोलनको उत्रनुको बिकल्प नभएको बताउनुभयो ।

 

 

 

एकल महिला तथा अपांगता भएका ब्यक्तिहरु आफै प्रताडित भइरहेको अवस्थामा सरकारको कदमले ठूलो बज्रपात गराएको जिल्ला उपाध्यक्ष शान्ता बिश्वकर्मले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here