नेपाली जनतालाई नेताहरुले अझै पनि एक प्रकारले शासन गरिरहेको आभास हुन्छ । नेता भनेको त सेवक हुनुपर्ने हो तर नेपालको सन्दर्भमा त नेताहरु शासक भएका छन् ।जनआन्दोलन अथवा गणतन्त्र स्थापना पछि पनि नेताहरुको चरित्रमा सुधार आएको छैन । यसका नेता मात्र होइनन् जनता पनि उत्तिकै दोषी छन् किनभने नेतालाई ठाउँमा पुर्याउने भनेकै जनता हुन्, मतदान मार्फत । अहिलेको २१ औं शताब्दी भने पनि नेपालमा भने नेताहरु अति अटेरी र शासक शैलीका छन् भन्ने कुरा मन्त्री प्रकाश ज्वालालाई हेरे पनि पुग्छ ।
अघिल्लो महिना यिनै प्रकाशका कारण दुई नेताहरुले अनावश्यक रुपमा ज्यान गुमाउन परेको छ । चराले होइन, मान्छेले ज्यान गुमाएको हो त्यो पनि एक नेता वा मन्त्रीका कारण । यी मन्त्रीमा नैतिकता भन्ने चीज छैन । यिनी अहिले पनि भौतिक मन्त्री छन् । उनको दोष रहेको कुरा सरकारले नै बनाएको छानबिन समितिले बताइ नै सकेको छ तर यिनी अनि यिनको दलको पार्टी रमिते भएर जनतामाथि शासक गर्दे छ अनि जनतालाई मुर्ख बनाउछन् ।
गठबन्धनको नाउमा यस्ता एक प्रकारले अपराधमा संलग्न व्यक्तिलाई प्रधानमन्त्रीले पनि बोकेर हिड्नु भनेको प्रधानमन्त्री पनि दोषीको भोगिदार नै हो । एक त आफै जानेर मन्त्री पद छाडेर छानबिन समितिलाई सघाउन पर्ने उल्टै दोषी देखिदा समेत नटेर्ने यस्तालाई हरामी भनिन्छ अनि यस्ता हरामी बोक्ने सरकार कसरी जनमुखी हुन्छ र ? यी ज्वाला वास्तवमा लाज नभएका व्यक्ति हुन्, जसमा नैतिकता भन्ने चीज अब कहाँ रह्यो र ?
















