नरेश गुप्ता
बरियारपुर,
नेपालबाट भारततर्फ डिजेल चोरी निकासी गर्दै गरेको अवस्थामा बारा प्रहरीले एकजना टेक्टर चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर २ बलिरामपुर टोलस्थित दशगंजाबाट सोही ठाउँ बस्ने सकिल हुसेनलाई डिजल र टेक्टरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । हुसेनले ना ४ त ३७२६ नम्बरको ट्रक्कटरमा लोड गरि ५ सय लिटर डिजेल भारततर्फ लैजादै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको मिश्रले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यलय प्रसौनीबाट संयुक्त रुपमा खटेको टोलीले विशेष सूचनाको आधारमा भारततर्फ लैजादै गरेको अवस्थामा नेपाल भारत सिमा क्षेत्रको दशगजाबाट चालक हुसेनसहित टेक्टर र डिजेल नियन्त्रणमा लिइएको हो । बरामद टेक्टर र डिजेलको मुल्य करिव ८ लाख ५३ हजार ५ सय कायम गरी आवश्यक कारबाहीको लािग वीरगन्ज भन्सार कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।