सिकिन्द्र साह
वीरगन्ज कारागारमाजेल जीवन बिताइरहेका एक सयभन्दा बढी कैदीलाई अध्यात्मिक शिक्षा र योग क्रियाकलाप सम्बन्धि तालिम दिइएको छ ।
कैदी बन्दीहरुलाई प्रशिक्षक कपिलदेव साहले सहज जीवन बाच्ने कला बारे जानकारी दिनुभएको हो । साहले विगत लामो समयदेखि ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब वर्गका बासिन्दालाई जीवन जिउने कला सम्बन्धि तालिम दिदै आउनुभएको छ । उहाँले १८ वर्षदेखि तालिम दिदै आउनुभएको हो ।
जीवन जिउने कला संस्थाका संस्थापक पूज्य श्री रविशंकरद्वारा दीक्षा प्राप्त गर्नुभएका साहले जेल र विभिन्न संघ संस्थामा गएर सेवा कार्य संचालक गर्दै आउनुभएको छ ।
उहाँले मानवलाई जीव हिंसा रोकेरर ससाना विषयमा विवाद गर्न छोडेर शान्तिको बाटो रोज्नु पर्ने आवश्यकतामा जोड दिदै आउनुभएको छ ।