धिरेन्द्र तिवारी
कलैया,विपदसंग सम्बन्धित कृतिम घटनाबाट बच्ने अभ्यास तथा तामिम कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको श्री त्रिचन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आइतवार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा घरमा खाना पकाउन प्रयोग हुने एलपी ग्यासबाट आगो सल्कदा उक्त आगोलाई निभाउने उपायको बारेमा सशस्त्र प्रहरी १२ नम्बर गणका सशस्त्र प्रहरी हावल्दार कल्क खडका र प्रहरी जवान रामपुकार गिरीले संयुक्त रूपमा सहभागीहरुलाई अभ्यास गरेर देखाउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबाहादुर कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रमको विशिष्ट अथिति कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, निजगढ नगरप्रमुख सुरथ पुरी, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवार, सुवर्ण गाउँपालिका अध्यक्ष राजेश राय, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मी, देवताल गाउँपालिका अध्यक्ष उदयचन्द्र यादव, प्रादेशिक आस्पतालका कलैयाका निमित्त मेसु सुनिल जयसवाल, त्रिचन्द्र माविका प्रधानाध्यापक रबिन्द्र गिरीलगायतको सहभागिता रहेको थियोे ।
कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीसहित विभिन्न पार्टीका प्रतिनिधि तथा बुद्धिजिवीहरुको सहभागीता रहेको थियोे ।