वीरगन्ज,त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिमा प्रगतिशील कर्मचारी संगठनको सयुँक्त प्यानल विजयी भएको छ । बुधवार सम्पन्न इकाई समितिको निर्वाचनमा प्रगतिशील कर्मचारी संगठनको सयुँक्त प्यानल विजयी भएको हो ।

सभापति, उपसभापति, सचिव, उपसचिव, कोषाध्यक्ष र ६ जना सदस्यका लागि भएको निर्वाचनमा प्रगतिशील कर्मचारी संगठनको प्यानल विजयी भएको अनेरास्ववियु वीरगन्ज महानगर अध्यक्ष आशिफ अहमदले जानकारी दिनुभयो ।

अहमदले दिएको जानकारीअनुसार सभापतिमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक कर्मचारी संगठनकी गीताकुमारी श्रेष्ठलाई ४ मतले पराजित गर्दै एमाले निकट किशोरीप्रसाद चौधरी विजयी हुनुभएको छ । उहाँले ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापतिमा रामआशिष बैठा, सचिवमा मनिषा कुमारी दनुवार, सहसचिवमा मदन पंडित र कोषाध्यक्षमा विष्णुहरी क्षेत्री विजयी भएका छन ।

सदस्यहरुमा प्रगतिशीलतर्फबाट रुपा झा (मिश्रा), शिलादेवी साह, चौठी राय यादव, पार्वतीदेवी मैनाली र सुनिल महतो कहार विजयी हुँदा प्रजातान्त्रिकतर्फबाट विनोदकुमार पटेल मात्रै सदस्यमा विजयी भएको अनेरास्ववियुमहानगर अध्यक्ष अहमदले बताउनुभयो ।

Leave a Reply