अहिले नेपाली चेलीहरुले हरितालिका अथवा जीत पर्व मनाइरहेका छन् । सोमबारबाट शुरु भएको तीज पर्व आज सकिदै छ । आज मध्यान्ह भगवान शिवको पूजा गरेपछि यस वर्षको तीज नाचगान गरी समापन गर्ने प्रचलन छ । तीज कहिलेदेखि मनाउदै आइयो भन्नेमा त आफ्नै कुरा छ तर तीज मनाउने परम्परामा भने कमी आएको छैन मुख्य कुरा यही नै हो ।

तराई मधेश सहितका सबै क्षेत्रमा तीज मनाउनेहरु बढेका छन् । तीज त आजकल एक महनिादेखि लाग्ने गरेको छ । केही वर्ष अगाडिसम्म तीजको गीतको भाकामा मौलिकता र चेलीका बेदना हुन्थे । अब चेलीका बेदना हटेका छन् र मौलिकता पनि हराउदैछ । समयसंगै तीजका भाका र तीज मनाउने चलनमा पनि परिवर्तन आउछ त्यो स्वभाविक हो ।

तर, परिवर्तनका नाउँमा समाजमा पच्न नै गाहे हुने हर्कत देखाउने कार्य भने एकदमै गलत हो । तीजका भाकामा रत्यौलीका जस्ता कुराहरु आएका छन् । चर्चित गायिका बिष्णु माझीले गाएको गीत चरी जेलैमा भनेको जसरी नेपालमा तीजकै समयमा चेलीहरु माइत जान नपाउने भन्नै चैं अब लगभग नहोला । तीजमा फरकपन आए पनि मौलिकता हराउन हुन्न । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

 

Leave a Reply