निजगढ,निजगढ ६ स्थित बागदेब दुग्ध उत्पादक सहकारी सस्थाले निजगढको सिङ्गौलमा हिजोबाट दुग्ध संकलन केन्द्र संचालनमा ल्याएको छ ।
निजगढ नगरपालिकाको वडा नम्बर १ मा संचालनमा आएको उक्त केन्द्र बागदेव दुग्ध उत्पादक सहकारी सस्थाको१३औं दुग्ध सङ्कलन केन्द्र हो । दुध संकलन केन्द्रको हिजो एक कार्यक्रमबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्घाटन गर्नु भएको हो ।
दुग्ध उत्पादक सहकारी सस्थाको भबनमाआगामी असोज १ गतेबाट बिहान र बेलुका दुबै समय दुग्ध सङ्कलन हुने संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार सङ्कलन केन्द्रबाट नेपाल सरकारले निर्धारण गरेकोभन्दा थप मूल्यमा किसानले उत्पादन गरेको दुध सङ्कलन र सहुलियत दरमा स्थानीयलाई बिक्री गरिने छ ।
त्यसैगरी निशुल्क भेटेनरी, कृतिम गर्भाधारण सेवासहित दुग्ध बिक्रीको रकमबाट कट्टी हुनेगरी ढुटो, दाना, चोकर र १०% छुट सहित पशु औषधिको पनि प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । सापकोटाका अनुसार केन्द्राट निजगढ नगरपालिकाबाट प्राप्त हुने प्रति लिटर दुधमा १ रुपैया अनुदान, कृषक तालिम, कृषक संचय कोष र पशुबिमाको पनि ब्यबस्थागरिएको छ ।
त्यसैगरी किसानलाई दुध बिक्रीको रकम बैङ्क खातामा चेकमार्फत भुक्तानी र दुग्धको बचत रकममा ८% ब्याज प्रदान गरिने लगायतका सुविधा रहेको पनि अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । केन्द्र उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनसहित जनप्रतिनिधि र स्थानीय किसाको उपस्थिति रहेको थियो ।