वीरगंज,
वीरगंजका विभिन्न स्थानबाट ४ ट्याक्टर टायर नियन्त्रणमा लिइएको छ । केही दिन यता बढ्दै गरेको डेंगु नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत पानी जमेका र खाली ठाउंमा राखिएका टायरसंगै अन्य बोत्तल तथा डिब्बाहरु नियन्त्रणमा लिइएको हो ।

वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सयुंक्त टोलीले वीरगंजको रजतजयन्तीदेखि बसपार्कसम्मको क्षेत्रसम्म टायर नियन्त्रणमा लिने अभियान चलाएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

डेंगु फैलाउने लामखुट्टे टायरमा जमेका पानीमा पाइने भएकाले यो अभियान शुरु गरिएको खेतानले बताए । उनका अनुसार महानगरपालिकाको सरसफाइ टिम, नगर प्रहरी, वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र प्रहरीको सहभागितामा बाटो छेउछाउमा र खालि ठाउमा रहेको पानी जमेका टायर, बोतल डब्बाहरु नियन्त्रणमा लिइएको हो ।

सो अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख राजकिशन ताम्रकार, सर्फुदिन मियां, नगर प्रहरी निरीक्षक हरी भुषाल, प्रहरी हवल्दार प्रेम राम लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply