नेपाली युवा वर्गका चर्चित नायक पल शाह अहिले पनि बलात्कारको अभियोगमा जेलमा छन् । उनी जेलमा परेको करिब एक वर्ष हुनै लाग्यो । एक गायिकाले उनीमाथि उजुरी गरिन् र पल शाह फसे । फसे कुन अर्थमा भने नाबालिका भनिएकी गायिकाको उमेर नपुगेका कारण पल फसे । फेरि बुधबार यस्तै एउटा घटना सार्वजनिक भएको छ ।

नेपाली क्रिकेटर संदीप लामिछानेमाथि यस्तै आरोप लागेको छ । १७ वर्षकी भनिएकी ती किशोरीलाई कानुनले नाबालिका भनेको छ अनि संदीपसंग उनी मस्तले घुमेको पनि देखिन्छ । नेपालको कानुनको फाइदा उठाउदै पछिल्ला दिनमा युवा खासगरी ख्याति कमाएकाहरुलाई एकाएक सिध्याउने षडयन्त्र हुदैछ । यसो भनिरहदा बलात्कृत भनिएकाको विपक्षमा कलम चलाएको पनि कतिपयलाई लाग्छसक्छ ।

तर, सत्य कुरा यो होइन, सत्य कुरा के हो भने कानुन फाइदा उठाएर कसैले पनि कसैमाथि अन्याय गर्न नपाओस भन्ने नै हो । नेपालमा अहिले महिलाको पक्षमा बलिया कानुन बनेका छन । तर यसको गलत मनसायले प्रयोग हुन थाल्यो भने यसले अवश्य नै अनिष्ट निम्त्याउने छ । नेपालमा पछिल्लो समय बलात्कारको नाममा सार्वजनिक भएका घटना र त्यसको कारणकोपछि हेर्ने हो भने कतै महिलाको सुरक्षाको लागि भनेर निर्माण भएका कानुनहरु कतै पुरुषको विरुद्ध त प्रयोग हुन थालेका हैनन भन्ने प्रश्न उठन थालेको छ । खासगरी बलात्कारको सवालमा यस्तो प्रश्न अलि बढी नै उठने गरेको हो ।

सन्दिपको घटनाकै कुरा गर्ने हो भने पनि कसैको शुचचिन्तक र फ्यान भइयो भन्दैमा ऊसंग किन नगरकोट घुम्न जाने ? किन होटलमा बसौं भन्दैमा बस्ने ? किन उसका सबै कुरा मान्ने ? यो घटनामा पनि ति किशोरीको धेरै कमजोरी छ । बलात्कार भनेको त जवरजस्ती हुने कुरा हो तर सहमतिमा भएपछि कानुनको फाइदा लिएर फसाउने प्रवृृत्ति पनि निक्कै बढेकाले अब यो कानुन नै संशोधन गर्न आवश्यक देखिन्छ । कसैले आरोप लगाउदैमा कसैको जीवनमाथि पनि खेलबाड गर्न मिल्दैन ।

Leave a Reply